समाज

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

काठमाडौं । खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ ।

मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण १६ जना नेपाली कामदारसहित २३ जनाको मृत्यु भएको हो ।  विषाक्त मदिरा सेवनपछि अशक्त भएका १६० जनाको उपचार भइरहेको कुवेत सरकारले जनाएको छ । 

यसैबीच, नेपाली दूतावासले मदिरा सेवनबाट बिरामी परेका ३५ जना अस्पताल भर्ना भएकोमा उनीहरुमध्ये केहीको मृत्यु भएको जनाएको छ । दूतावासले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाएको छ । 

घटनाबारे सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी अस्पतालमा उपचाररत बिरामीहरूको उपचारको व्यवस्था मिलाउन निरन्तर समन्वय गर्ने काम भइरहेको पनि दुतावासले जनाएको छ । 

परराष्ट्र मन्त्रालयले पनि घटनाबारे जानकारी लिन सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ । सबै प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाउन दूतावासले आवश्यक सहजीकरण गर्ने जनाइएको छ । 

कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको अनुमान छ । कुवेतमा मदिरा प्रतिबन्ध रहे पनि लुकीछिपी बेचबिखन हुने गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *