समाज

सशस्त्र प्रहरीमा गोताखोरको संख्या १२८ पुग्यो

सशस्त्र प्रहरीमा गोताखोरको संख्या १२८ पुग्यो

काठमाडौं । सशस्त्र प्रहरीमा गोताखोरको संख्या १२८ पुगेको छ । 

बुधबार २० जनाले तालिम सम्पन्न गरेसँगै सशस्त्रमा गोताखोरको संख्या थपिएको हो । गृह मन्त्री रमेश लेखकको उपस्थितीमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित तालिम बुधबार समापन गरिएको हो । 

छ साताको उक्त तालिममा प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा अभ्यास गराइएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले पानीजन्य घटना दुर्घटनामा उद्धार सम्बन्धी डेमो समेत प्रदर्शन गरेका थिए । 

सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक २०६९ सालमा बंगलादेशबाट २५ जनाले गोताखोर तालिम प्राप्त गरेका थिए । नेपालमा समेत पहिलो पटक २०७६ सालदेखि गोताखोर तालिम दिन शुरु गरिएको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *