समाज

आगामी बजेट जनताको आशा जगाउनेगरी आउनुपर्छः सांसद विष्ट

आगामी बजेट जनताको आशा जगाउनेगरी आउनुपर्छः सांसद विष्ट

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले आगामी बजेट यथार्थ र जनताको आशा जगाउनेगरी आउनेमा आफू विश्वस्त रहेको बताएका छन् । 

प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद विष्टले विधेयकले अघि सारेका सिद्धान्त र प्राथमिकता आधारभुत रुपमा सही भएको बताए । बिष्टले वर्तमान समयमा युवाहरुको तिब्र विकासको चाहनालाई समेत बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

 एकाध प्रतिशतको कमाइले प्राप्त हुने आर्थिक वृद्धि वा प्रतिव्यक्ति आम्दानी अब नचाहिएको भन्दै आधारभुत वर्गको जीवनलाई माथि उठाउनेगरी, श्रमिकको पारिश्रमिक र उत्पादकत्व वृद्धि गर्नेगरि प्राकृतिक स्रोत साधन र राज्यका लाभहरुको न्यायोचित वितरण गर्नेगरी समाजवादको आधार तयार गरिनुपर्नेमा बिष्टको जोड छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *