समाज

चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुन्छः प्रधानमन्त्री ओली

चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुने बताएका छन् ।

मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  यसअघि चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा हिनामिना भएको भन्ने गुनासो आएको भन्दै त्यसको छानविन हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त जग्गाबारे छानविन गर्न सम्बन्धित मन्त्री र सचिवलाई निर्देशन समेत दिएका छन् ।  कसैले हिनामिना गरेको छ भने त्यसलाई कानूनी प्रक्रिया  पुर्‍याएर सरकारको नियन्त्रणमा ल्याउने पनि प्रधानमन्त्रीले प्रतिवद्धता जनाए । 

प्रधानमन्त्री ओलीले चलचित्र विकास बोर्डको मातहतमा कोष निर्माण गर्ने माग आएको भन्दै कोषप्रति सरकार सकारात्मक रहेको बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *