प्रदेश

हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छः वनमन्त्री शाही

हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छः वनमन्त्री शाही

काठमाडौं ।  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका जनताले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यूनतम योगदान गरे पनि ठूलो असर भोग्न बाध्य भएको बताएका छन् ।

आज  आयोजित हिन्दुकुश हिमालय क्षेत्रका राष्ट्रको मन्त्रिस्तरीय बैठकमा शाहीले हिमालय क्षेत्रको तापक्रम वृद्धिदर विश्वको औसतभन्दा धेरै रहेको उल्लेख गर्दै यसले जनजीवन र पारिस्थितिकी प्रणाली दुवैलाई गम्भीर असर पारिरहेको बताए । अहिले यस क्षेत्रका मुलुकहरुले चरम मौसमीय अवस्थाको सामना गर्नुपरेको मन्त्री शाहीको भनाइ थियो । 

 मन्त्री शाहीले हिन्दुकुश हिमालय क्षेत्रका देशहरुको हिमालयसँग गहिरो आर्थिक, सामाजिक पहिचान, भविष्य जोडिएको बताउँदै हिन्दुकुश–हिमालय एक अत्यन्त संवेदनशील र महत्वपूर्ण विश्वव्यापी पारिस्थितिक प्रणाली भएको उल्लेख गरे ।मन्त्री शाहीले हाम्रो समृद्धी र सभ्यताका स्रोत पर्वतले अहिले जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिहरूको सामाना गर्नुपरेको भन्दै  यसले गर्दा हिमताल बिस्फोट, पहिरो, खडेरी र अनियमित वर्षा निरन्तर जस्ता भइरहेको बताए ।

नदी, हिमनदी र पारिस्थितिक प्रणालीहरू देशको सीमानाले असर नगर्ने भएकाले हाम्रो कार्यक्रमहरु पनि सहकार्यमा अघि बढ्नुपर्नेमा शाहीले जोड दिए ।  त्यस अवसरमा मन्त्री शाहीले हिमाल संरक्षणको अभियानमा विकास साझेदार र सङ्घ संस्थाहरूको भूमिकाको कदर गर्दै यस अभियानमा काठमाडौंमा मुख्यालय रहेको अन्तर–सरकारी संस्था इसिमोडको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गरे ।

    
    

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *