काठमाडौं । विपक्षी दलको बैठकले प्रधानमन्त्री के.पी. शर्मा ओलीको राजीनामा माग गरेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो ।
बैठकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको छ ।