काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ३० मिनेटका लागि स्थगित भएको छ ।
विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।
बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा संसद् बैठक चल्न दिने सहमति भएपनि प्रतिपक्षीको अवरोधका कारण बैठक अघि बढ्न सकेन ।
बैठक शुरू हुने बित्तिकै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका सांसदहरूले उभिएर अवरोध गरेका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई स्थगित गरेका छन् ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् ।