समाज

आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभाको बैठक अझै बस्न सकेन

आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभाको बैठक अझै बस्न सकेन

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको आजको बैठक अवरुद्ध गरेपछि  आधा घण्टाका लागि स्थगित बैठक अझै बस्न सकेको छैन ।

  गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै बिपक्षी दलहरुले आजको संसद अवरुद्ध पारेपछि सभामुख  देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर दलहरुबीच सहमति नबन्दा बैठक बस्न सकेको छैन । 

अख्तियार दुरुपयोग अनुसनधान आयोगले  भिजिट भिसामा सेटिङको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।  उनीहरूका डिभाइसहरू अनुसन्धानका लागि पठाएको छ । यो प्रकरणमा गृहमन्त्रीले पनि राजीनामा दिनुपर्ने बिपक्षीहरुको माग छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *