काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको दाबी गरेका छन् ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बैतडीदेखी शुुरु भएर पोखरासम्म आइपुग्दा सबैको अभियान बनेको दाबी गरेका हुन् । उनले अभियानका क्रममा पार्टीका सबै शीर्ष नेताहरु सहभागी भएको र त्यस क्रममा जनता, व्यवसायी, कर्मचारी, बुद्धिजीविहरु लगायतबाट प्राप्त सुझावहरुलाई पार्टीले ग्रहण गरेको पनि बताए ।
अध्यक्ष दाहालले जनताले राखेका मागहरु सरकारलाई बुझाइने र आगामी बजेटमा सम्वोधनका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाए ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले पार्टी सरकारमा हुँदा र अहिले प्रतिपक्षमा रहँदा समेत सामाजिक न्याय र आर्थिक समृद्धि तथा सुशासनका मुद्धाहरुलाई नछाडेको पनि बताए ।