भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले दुरदराजका स्थानसम्म विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार गरेपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको छ ।
लामो समयदेखी विद्युत् बाल्ने सपना बोकेर बसेका यहाँका स्थानीय विद्युत् बलेपछि उत्साहित भएका हुन् ।
यहाँका कुना कुनामा रहेका स्थानीयहरुले अहिले नेट इन्टर नेट, टेलिभिजन तथा सूचनाको पहुँचमा जोडिएका छन् भने उनीहरुको दैनिक क्रियाकलाप समेत फेरिएको छ । दुर्गम भेगमा विद्युत विस्तार भएपछि स्थानीय खुसी भएका छन् ।
एक सय ७३ दशमलब ४१ वर्ग किलोमिटर रहेको यो गाउँपालिका सवै जनता विद्युत्को पहुँचमा जोडिएका छन् । सोलार तथा टुकीको उज्यालोमा दैनिकी कटाउदै आएका स्थानीय विद्युत् विस्तार भएपछि गाउँपालिकाको काम प्रति खुसि भएका छन् ।
स्थानीय तहको सबल नेतृत्वका कारण आफ्नो गाउँपालिकाको मुहार फेरिएको उनीहरुको भनाइ छ ।