मुख्य समाचार

स्थानीय तह पनि सरकार नै हो : सांसद सिटौला

स्थानीय तह पनि सरकार नै हो : सांसद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले स्थानीय तह सरकार होइन भन्ने मानसिकताबाट अघि बढ्न नहुने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानले तीन तहको सरकारको परिकल्पना गरेको र जसमा संघ, प्रदेश र स्थानीय तह रहेको बताए । 

उनले कार्यपालिका र व्यवस्थापिका तीन तहकै सरकारमा रहेको बताए । उनले संघीय कार्यपालिका, संघीय व्यवस्थापिका, प्रदेश कार्यपालिका, प्रदेश व्यवस्थापिका, स्थानीय कार्यपालिका, स्थानीय व्यवस्थापिका भनेर संविधानमा लेखिसकेको बताए । संघलाई बाझिने गरी प्रदेशले कानून बनाउन नसक्ने र प्रदेशसँग बाझिने गरी स्थानीय सरकारले कानून बनाउन नसक्ने जिकिर गरे । संविधान अनुकुल नै कानून निर्माण गर्दै जानुपर्ने बताए । 

समितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल जारी छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *