समाज

मुस्ताङको मुक्तिक्षेत्र लोपोन्मुख लुुलु गाईपालनको केन्द्र बन्दै

मुस्ताङको मुक्तिक्षेत्र लोपोन्मुख लुुलु गाईपालनको केन्द्र बन्दै

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका लोपोन्मुख लुुलु गाईपालनको केन्द्र बन्दै गएको छ । 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सबै गाउँहरुमा परम्परागत लुलु गाई पालन व्यवसाय फस्टाउन थालेको हो । गाउँपालिकाले निरन्तर लुलु गाई पालनलाई लोपोन्मुख अवस्थाबाट जोगाउन बर्सेनि आवश्यक बजेट विनियोजन समेत गर्दै आएको छ । 

वारागुङ मुक्तिक्षेत्रमा प्रत्येक वडाहरुको गावैपिच्छे लुलु गाई रेखदेख गर्ने गोठालाहरु व्यवस्थापन गरिएको छ । गाउँका सबै घरधुरीका लुलु गाईहरु चरन क्षेत्रमा लैजादै सामुहिक रुपमा गोठालोको व्यवस्था गर्ने गरिएको हो । 

बर्खायामको गर्मी समयमा चरनक्षेत्रमा घाँस पलाउने भएकाले सबै लुलु गाई जम्मा गरेर दुई÷तिन जना गोठालो वार्षिक तलब दिएर खटाईने गरिएको हो । वारागुङ मुक्तिक्षेत्रका गाउँपालिका अन्तर्गत १९ वटै गाउँमा एक हजार ९१२ लुलु गाईको संख्या रहेको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *