मुख्य समाचार

इजरायलले मानवताविरुद्धको अपराधमा सबै सीमा पार गरेको मुस्लिम राष्ट्रका नेताहरूको भनाइ

इजरायलले मानवताविरुद्धको अपराधमा सबै सीमा पार गरेको मुस्लिम राष्ट्रका नेताहरूको भनाइ

एजेन्सी । मुस्लिम राष्ट्रका नेताहरूहरुले इजरायलले मानवताविरुद्धका अपराधमा सबै सीमा पार गरेको बताएका छन । 

इजरायलविरुद्ध विशेष बैठकका लागि भेला भएका नेताहरुले गाजा र आसपासका मुलुकमा गरिएको आक्रमणको निन्दा गरेका छन । मुस्लिम राष्ट्रका नेताहरूले इजरायललाई संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानूनहरूको उल्लंघन गरेकोमा दोषी ठहर गर्दै त्यसको हमला रोक्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएका हुन् ।

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भेलामा कतारका अमीर शेख तमिम बिन हमाद अल–थानीले इजरायलले मानवताविरुद्धका अपराधमा सबै सीमा पार गरेको बताए । इरानका राष्ट्रपति मसूद पजश्कियानले मुस्लिम राष्ट्रहरूलाई इजरायलसँगको सम्बन्ध तोड्न आग्रह गरेका छन् ।  

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले संयुक्त राष्ट्रसंघमा इजरायलको सदस्यता निलम्बन गर्न माग गर्दै ‘दुई–राष्ट्र समाधान’को दिशामा काम गर्नुपर्ने बताए । अरब लिगका महासचिव अहमद अबुल गेतले इजरायली आतंकवादले स्थिति झन् खराब बनाएको र प्यालेस्टिनीहरूको नरसंहारविरुद्ध आवाज उठाउनु जिम्मेवारी भएको बताए । 

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले इजरायलको अत्याचार, भोकमरी र ध्वस्त भएको पूर्वाधारले गाजामा जीवन असह्य बनाएको बताए । इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सीसीले इजरायलले जानीबुझी नै शान्ति भंग गर्न खोजिरहेको बताए । 

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले प्यालेस्टिनी राज्यको स्थापना नै शान्तिको एकमात्र बाटो भएको बताए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले कतारसँग पूर्ण ऐक्यबद्धता जनाउँदै इजरायलको बढ्दो हमलाले क्षेत्रको सुरक्षालाई खतरामा पारेको बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *