काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको आवागमन दुईतर्फि नै अवरुद्ध भएको छ ।
आज (आइतबार) बिहान साढे चार बजेतिर तुईन पुल नजिकै ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको हो ।
पहिरो हटाउनको लागि डिभिजनबाट मेशिन उपकरण सम्बन्धित स्थानमा पुगिसकेको छ सडक डिभिजन कार्यलय भरतपुरले जनाएको छ । करिब २÷३ घण्टा भित्र पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने कार्यलयले जानकारी गराएको छ ।
कार्यलयले वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध गरेको छ । बिहानको समयमा सडक अवरुद्द भएपछि दर्जनौ सवारी साधन रोकिएका छन् ।
