समाज

पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालन

पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा मंगलबार राति पहिरो खसेपछि अवरुद्ध भएको सडक एकतर्फी खुलाइएको छ । 

पहिरो पन्छाएर दुईतर्फी नै खुलाउने प्रयास भइरहेको मुग्लिङ प्रहरीले जनाएको हो । सडक दुईतर्फी सञ्चालन गर्न गाडीहरुलाई रोकिएको छ । पहिरो हटाउन केही समय लाग्ने बताइएको छ । 

मंगलबार राति ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । साथै गुडिरहेका बसमा पहराबाट खसेको ढुंगाले लाग्दा एक जना यात्रुको मृत्यु भएको थियो ।

तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट खसेको ढुंगाले लागेको हो ।

ढुंगाले लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय  ऐश्वर्या कामीको मृत्यु भएको हो । बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *