काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ ।
आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाटो खुलेसँगै गाडी र यात्रुहरु गन्तब्यतर्फ लागेका छन् । पहिरोको जोखिम कायमै रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्दा बुझेर यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।
आज बिहान साढे चार बजेतिर तुईन पुल नजिकै ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको थियो ।