काठमाडौं । मदनभण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज (बिहीबार) बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ । निरन्तरको वर्षाले काममा अवरोध भएको बताइएको छ ।