समाज

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

रूखसहितको पहिरो खसेपछि शुक्रबार बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको बताइएको छ । 

पहिरोका कारण काठमाडौं जाने सवारीसाधन गजुरी र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *