समाज

पहिरोले कालीगण्डकी करिडोर र रिडी–वामिटक्सार सडकखण्ड अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर र रिडी–वामिटक्सार सडकखण्ड अवरुद्ध

गुल्मी । बाढी र पहिरोको कारण गुल्मीमा दुई मुख्य सडक कालीगण्डकी करिडोर र रिडी–वामिटक्सार सडकखण्ड अवरुद्ध भएका छन् । 

कालीगण्डकी करिडोर सडकअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेपछि बिहानदेखि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।  

वर्षाका कारण गुल्मीको रिडी–वामिटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलाको बाढीले सडक पनि पूर्णरुपमा अवरुद्ध भएको हो ।

लगातारको वर्षाले अवरुद्ध दुवै सडक बिहीबार साँझ एकतर्फी खुलेका थिए । उता अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालन रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड, गगने खोलामा सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएको हो । 

वर्षाले कर्णाली राजमार्ग अन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *