समाज

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं ।  पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । 

मध्यपहाडी लोकमार्ग अन्तर्गत मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

बिहीबार बिहान पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन भएका छन् । 

पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *