काठमाडौं । अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।
शान्तिपूर्णसभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति सचेत रहन पनि अपिल गरेका छन् । जेन्जी पुस्ताले सोमबार गरेको आन्दोलन र हिंसात्मक घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह समेत गरेको छ ।
अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अमेरिकाका नेपालस्थित दूतावासहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताका पक्षमा उनीहरूले आवाज उठाएका छन् ।
सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न पनि उनीहरुको आग्रह छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर २२ जनाको मृत्यु भएको छ । ४२१ जना घाइते भएका छन् ।