समाज

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदै

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । 

मिश्री अगष्ट १७ अर्थात् आगामी भदौ १ गते काठमाडौं आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री के.पी. शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने छन् । 

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेको बताइएको छ । 

प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भइसकेको छ । त्यसको मिति घोषणा गर्न बाँकी रहेको र सोही सिलसिलामा उनको यो भ्रमण हुन लागेको बताइएको छ । 

प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ ।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *