समाज

गृहमन्त्रीमाथि चरित्र हत्या र लाञ्छना लगाउने काम मात्रै भयोः सशांक कोईराला

गृहमन्त्रीमाथि चरित्र हत्या र लाञ्छना लगाउने काम मात्रै भयोः सशांक कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताएका छन् । 

सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोईरालाले बैठकमा गृहमन्त्रीको प्रष्टिकरणपछि उनको चरित्र हत्या गर्ने काम भएकोप्रति आपूm स्पष्ट भएको बताएका हुन् । गृहमन्त्रीले एक इन्चपनि गल्ती नगरेको र उनीमाथि लगाइएका सबै आरोप गलत भएको दावी गर्दै मंगलवारको संसदमा गृहमन्त्रीले जवाफ दिने जानकारी कोइरालाले दिए ।

नेता कोईरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरुसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको पनि बताए । प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता कोईरालाले नेपालका लागि अहिले विकास र स्थिरता चाहिएकाले मुठभेडको राजनीतिले कसैलाई फाइदा नपुग्ने भन्दै च्यालेन्ज फेस गर्दै निश्चित बाटो निकाल्न सक्नु नै आजको आवश्यकता भएको स्पष्ट पारे । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *