मुख्य समाचार

हमासले सार्वजनिक गर्‍यो विपिनसहित ४८ जना बन्दीको तस्बिर

हमासले सार्वजनिक गर्‍यो विपिनसहित ४८ जना बन्दीको तस्बिर

एजेन्सी । हमासको सशस्त्र सैन्य शाखा’ले शनिबार गाजामा रहेका ४८ जना बन्दीहरूको तस्बिर सार्वजनिक गरेको छ । जसमा नेपालका विपिन जोशीको तस्बिर पनि राखिएको छ ।

‘बिदाइ तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले हमासले सार्वजनिक गरेको तस्बिरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ । 

हमासले जारी गरेको विज्ञप्तीमा इजरायलको निरन्तर स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरूको जीवन संकटमा परेको दाबी गरिएको छ । सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूलाई ‘रोन अराड’ शीर्षकमा देखाइएको थियो । 

यो नाम सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका एक अधिकारीसँग जोडिएको मानिन्छ । इजरायली अधिकारीहरूले अझै करिब २० जना बन्दी जिउँदै गाजामा रहेको विश्वास व्यक्त गरेका छन् ।  

शनिबार हामासले दिएको उक्त धम्कीपछि हजारौँ इजरायलीहरू पुनः तेल अभिभ र अन्य शहरका सडकमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले तत्काल युद्ध अन्त्य गरेर बन्दीहरूको सुरक्षित फिर्तीको माग गरेका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *