समाज

सरकारले नेपाली फाइटर रवीन्द्र ढाँटलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने

सरकारले नेपाली फाइटर रवीन्द्र ढाँटलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने

काठमाडौं । सरकारले नेपाली एम.एफ.एन. फाइटर रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ सहित सम्मान गर्ने भएको छ । 

भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ अर्थात एम.एफ.एन.मा बेन्टामवेट विजेता ढाँटलाई प्रोत्साहन स्वरुप नगदले सम्मान गर्ने प्रधानमन्त्री के.पी. शर्मा ओलीले घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत उनका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइने जानकारी दिएका हुन् । ढाँटलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । 

यसअघि, मंगलबार काठमाडौं महानगरले ढाँटलाई दुईलाख नगदसहित सम्मान गरेको थियो ।  साउन १७ गते भारतको नोएडामा भएको फाइनलमा नम्बर वान चेग्रोन कोरेनलाई नकआउट गर्दै उनी बिजेता बनेका थिए । 

उनी एसिया प्रशान्त क्षेत्रमा २२८ स्थानमा रहेका एमएमए फाइटर हुन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *