समाज

सरकारले पुर्वाधार निर्माण कम्पनी खडा गरेर व्यवसायीहरुलाई विस्थापित गर्न खोज्यो : अध्यक्ष सिंह

सिन्धुली । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेतृत्वमा पुग्न होडवाजीका कारण भद्रगोल भएको गुनासो गरेका छन् । 

सिन्धुली निर्माण व्यवसायी संघको १२औं साधारणसभा तथा नवौं अधिवेशनको शुक्रबार सिन्धुलीमाडीमा उद्घाटन गर्दै उनले व्यवसायीहरुको समग्र हितको पक्षमा काम गरिरहँदा अनावश्यक झण्झट लगाइदिने गरेको आरोप लगाए । 

कार्यक्रममा सहभागी पदाधिकारीहरुले सरकारले पुर्वाधार निर्माण कम्पनी खडा गरेर व्यवसायीहरुलाई विस्थापित गर्न खोजेको बताए । 

सार्वजनिक खरिद ऐन चौथौ संसोधनले निर्माण व्यवसायीहरुको माग पुरा गर्न नसकेको भन्दै व्यावसायीमैत्री कानून ल्याउन माग गरे ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *