Siddarth bankविज्ञापन
समाज

नेपालको मौलिक कला संस्कृतिको संरक्षणमा सरकारले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

नेपालको मौलिक कला संस्कृतिको संरक्षणमा सरकारले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मौलिक कला संस्कृतिको संरक्षण र बिकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा नेपाल कला तथा संस्कृति महोत्सवका अवसरमा आयोजित चित्रकला प्रर्दशनीको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् । 

उनले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा क्रियाशील हुन सबैलाई आह्वान समेत गरे । 

राष्ट्रपति पौडेलले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवम् गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न वर्षेनी लाखौ पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणको लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताए । 

उनले नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीहरूको ध्यान आकर्षित गर्न सके पर्यटकहरूको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *