मुख्य समाचार

जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध छ:  प्रधानमन्त्री दाहाल

जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध छ:  प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन । ६१ औं इन्जिनियर दिवसको अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले सुशासनको लक्ष्य हाँसिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तिब्रताका साथ अघि बढाइरहेको बताएका हुन । प्रधानमन्त्री दाहालले त्रुटी एउटाले गर्ने र आरोप अर्कोलाई लाग्नेस्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने प्रतिबद्धता जनाए । 
प्रधानमन्त्री दाहालले असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने र उचित सदुपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने बताए । सरकार नागरिको सुरक्षा र समृद्धितर्फ अघि बढिरहेको पनि उनले बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *