अर्थ

सरकारद्वारा एकैदिन अठतिस अर्ब एकसठ्ठी करोड खर्च भुक्तानी, एकै दिन बजेटको साढे दुई प्रतिशतभन्दा धेरै खर्च

सरकारद्वारा एकैदिन अठतिस अर्ब एकसठ्ठी करोड खर्च भुक्तानी, एकै दिन बजेटको साढे दुई प्रतिशतभन्दा धेरै खर्च

काठमाडौ । सरकारले एकै दिनमा ३८ अर्ब ६१ करोड सरकारी खर्चको भुक्तानी गरेको छ ।  चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन बुधबार ठूलो रकम भुक्तानी भएको हो । आर्थिक बर्षमा थाती रहेका सबै प्रकारका भुक्तानी फरफारक  गरिएको कारण एकै दिन ठूलो रकम निकासा भएको हो । महालेखाको तथ्यांकअनुसार बुधबार १४ अर्ब ९३ करोड रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ । त्यस्तै २१ अर्ब ७३ करोड रूपैयाँ बराबरको पुँजीगत खर्चको भुक्तानी भएको छ । सार्वजनिक ऋणको सावाँ भुक्तानी र संस्थानहरूमा गरिने लगानीका लागि एक अर्ब ९४ करोड भुक्तानी भएको छ । 
चालु वर्षमा हालसम्म भएको खर्चमा बुधबार मात्रै गरिएको भुक्तानी साढे २ प्रतिशतभन्दा धेरै छ । निकासा भएको रकम गतबर्षको भन्दा बढि हो । गत वर्ष पनि भुक्तानी गर्न पाउने अन्तिम दिन साढे २१ अर्ब रूपैयाँ निकासा गरिएको थियो । चालु वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेकोमा १५ खर्ब ५ अर्ब रुपैयाँको खर्च भएको छ ।सरकारको पुँजीगत बजेट कार्यान्वयन ५९ प्रतिशत मात्रै छ । अन्तिम भुक्तानीसँगै गएराति १२ बजेवाट भुक्तनी सम्बन्धी प्रणाली बन्द भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष सकिने अन्तिम सातामा नयाँ दायित्व सिर्जना हुने गरी खर्च बन्देज गरेको छ ।।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *