काठमाडौ । सिन्धुली जिल्लाका ७ स्थानीय तहमा उद्योग वाणिज्य संघको शाखा गठन गरिएको छ।
व्यवसाय प्रवर्द्धनका लागि गोलन्जोर, सुनकोशी, फिक्कल, हरिहरपुरगढी, मरिण, तिनपाटन लगायतका गाउँपालिकामा शाखा विस्तार गरिएको हो।
संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले अब केवल एक गाउँपालिकामा मात्र शाखा खोल्न बाँकी रहेको जानकारी दिएका छन् ।
श्रेष्ठले नवगठित शाखाहरूलाई स्थानीय विकास, व्यवसाय प्रवर्द्धन, व्यवसायीका समस्या समाधान, राजस्व तिर्ने नियमितता, कालोबजारी नियन्त्रण लगायतका काममा सक्रिय बन्न निर्देशन दिएका छन्।
