समाज

सरकारले जेन जी पुस्तालाई सम्बोधन गर्न सकेन : कांग्रेस सांसद केसी

सरकारले जेन जी पुस्तालाई सम्बोधन गर्न सकेन : कांग्रेस सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले जेन जी पुस्तालाई सम्बोधन गर्न आवश्यक प्रतिवद्धता नदेखाएको भन्दै आलोचना गरेका छन् । 

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२ –८३ को नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदैं केसीले यस्तो बताएका हुन् ।  जेन जी पुस्ता (सन् १९९७ देखि २०१२ सम्म जन्मिएका १३ देखि २८ वर्ष उमेर समूहका युवायुवती) को समस्यालाई सम्बोधन गर्न सरकारले ठोस योजना नल्याएको उनको भनाई छ  । सांसद केसीले दैनिक तीन हजारदेखि ५ हजार युवाहरू रोजगारीको निम्ति विदेशिएको र दैनिक तीनदेखि ५ वटासम्म शवहरू नेपाल फर्किने गरेको उल्लेख गरे ।

यसको उपचारको खोजी नगरी जेन जी पुस्ताको नयाँ नामकरण गरेर मात्रै त्यसलाई राम्रो भन्न नसकिने जिकिर केसीको छ  । सांसद केसीले जेन जी पुस्तापछि जन्मिएको अल्फा पुस्ता पनि लागूपदार्थ दुव्र्यसनी, चिन्ता र आत्महत्याजस्ता समस्याबाट पीडित भएको उल्लेख गर्दै यस्ता मुद्दालाई राष्ट्रिय सामाजिक आन्दोलनका रूपमा विकास गर्न सरकारले ध्यान नदिएको आरोप लगाए ।

केसीले युवा पुस्ताको भविष्य सुनिश्चित गर्न ठोस नीति र प्रतिबद्धता आवश्यक रहेको जिकिर गरे । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *