पर्वत । पर्वतमा पहिलो पटक सिउडी फल अर्थात ड्रागन फ्रुटको व्यावसायिक खेती शुुरु भएको छ ।
कुश्मा नगरपालिका–९ का किसान डिल्लीप्रसाद लामिछानेको परिवारले सामाजिक सञ्जालमार्फत जानकारी लिएर खेती अघि बढाएका हुन् ।
पाँच वर्ष अघि पाँच लाख लगानी गरेर तीन सय वटा पिलरमा १२ सय बोट ‘ड्रागन फ्रुट’को बिरुवा रोपेकोमा अहिले उत्पादन शुुरु हुन लागेको छ ।
परीक्षणको रुपमा रोपिएका १२ सय बोटबाट बार्षिक दश क्विन्टलसम्म ड्रागन फ्रुट उत्पादन हुने गरेको छ । यसको फल जेठ महिनादेखि असोजसम्म बजारमा जाने गर्दछ ।