समाज

पाल्पाका किसान भारतबाट तेब्बर मुल्य तिरेर रासायनिक मल ल्याउन बाध्य

पाल्पाका किसान भारतबाट तेब्बर मुल्य तिरेर रासायनिक मल ल्याउन बाध्य

पाल्पा । पाल्पाका किसान सहुलियतको रासायनिक मल नपाउदा भारतबाट तेब्बर मुल्य तिरेर भित्राउन बाध्य भएका छन् । 

धान गोडमेल गरेर रासायनिक मल राख्ने समयमा युरिया मल नपाएपछि किसानले चर्को मुल्य तिर्नु परेको हो । सहकारीबाट सहुलियतको मल नपाएपछि किसानहरु निजी एग्रोभेटका साथै छिमेकी रुपन्देही, नवलपरासी, कपिलवस्तुमा पुगेर भारतीय मल तेब्बर मूल्यमा खरिद गरेर ल्याउन बाध्य भएका हुन् । 

भारतबाट चोरी निकासी गरेर ल्याएका मललाई किसानले दोब्बर तेब्बर मूल्य तिर्नुपरेको हो । सरकारी कृषि सामाग्री कम्पनी लिमिटेडमा मल आवश्यक पर्ने सिजनमा नआउने र अन्य समयमा पर्याप्त पाइने भन्ने सुनेको किसानको गुनासो छ । 

पाल्पाको कालीगण्डकी बेँसी, रामपुर, माडी फाँट, झडेवा, कचल, अर्गली, बाँसटारी लगायतका धान उत्पादन हुने क्षेत्रका किसानले अहिले रासायनिक महल सहुलियतमा पाउन सकेका छैनन् ।  

कृषि सामाग्री कम्पनी लिमिटेडले भने मुलुकका प्रायः सबै स्थानमा मल अभाव भएको र केही दिनमै मल आउने जानकारी दिएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *