Siddarth bankविज्ञापन
समाज

रुपन्देहीको मर्चावार क्षेत्रमा रासायनिक मलको चरम अभाव

रुपन्देहीको मर्चावार क्षेत्रमा रासायनिक मलको चरम अभाव

रुपन्देही । धानका लागि उर्वर मानिएको रुपन्देहीको मर्चावार क्षेत्रमा यतिबेला मलको चरम अभाव भएको छ । 

समयमा वर्षा नहुँदा जेनतेन ढिलै रोपाइँ भए पनि अहिले मर्चवारका किसान मलको लागि तड्पिनु परेको छ । किसानहरूले एक बोरा मल पाउनका लागि घण्टौँ लाइन बस्नुपर्ने र अनेक हण्डर खप्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् । 

किसानलाई कम्तिमा पनि ८ हजार देखि ९ हजार बोरा मल आवश्यक रहेपनि सरकारले निक्कै कम मल दिने गरेको छ । कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ्ग गरि जम्मा १ हजार बोरा भन्दा बढी आपूर्ति नहुँदा समस्या भएको सहकारी संस्थाहरुको भनाइ छ । 
  
नेपालमा मल नपाए पछि किसानहरु भारतीय मलको भर पर्नपर्छ । तर भारतीय मलमा पनि तस्करहरुको सिण्डिकेट छ । भारतमा २८० रुपैयाँ भारतीय रुपैया पर्ने मल तस्करहरुले बढी मूल्य दिई खरिद गरेको कारण अहिले भारतमा सीमावर्ती क्षेत्रमा समेत युरिया मलको हाहाकार मच्चिएको छ । 

तस्करहरुले भने सीमा कटाएर नेपाल तर्फ २ हजार ५ सय देखि ३ हजार रुपैयाँ प्रतिबोरा सम्म बिक्रि गर्ने गरेका छन् । 


 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *