समाज

सामाजिक सञ्जाल बन्दको प्रभाव : एकपछि अर्को गर्दै कम्पनी सम्पर्कमा

सामाजिक सञ्जाल बन्दको प्रभाव : एकपछि अर्को गर्दै कम्पनी सम्पर्कमा

काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयपछि एकपछि अर्को गर्दै कम्पनी सम्पर्कमा आउन थालेका छन् । 

बिहीबार सरकारले मेटा अन्तर्गतका फेसबुकसहित विभिन्न २६ वटा प्लेटफर्म नेपालमा बन्द गर्ने घोषणा गरेपछि त्यसको केही घण्टामै मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ता प्रक्रियाबारे जानकारी लिन खोजेका थिए । 

त्यस्तै, मस्कको एकल स्वामित्व रहेको एक्सले पनि दर्ता प्रक्रियाका लागि नेपाल सरकारसँग सम्पर्क गरेको छ । 

प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय बमोजिम फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप लगायत सामाजिक सञ्जाल बन्द गरिएका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *