मुख्य समाचार

विद्यालयसम्वन्धी निर्णय सच्याउन महानगरलाई व्यवस्थापन महासंघको माग

विद्यालयसम्वन्धी निर्णय सच्याउन महानगरलाई व्यवस्थापन महासंघको माग

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेको सामुदायिक विद्यालय व्यवस्थापन समिति भङ्ग गरि वडा अध्यक्षलाई जिम्मा दिने भएको छ । महानगरको उक्त कदमले विद्यालयहरु अभिभावक र सामुदायको हातबाट खोसिएकोे भन्दै सामुदायिक व्यवस्थापन समिति महासंघले भने असन्तृष्टि जनाएको छ । 
काठमाडौँ महागरपालिकाले आफ्नो मातहतमा रहेका सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति भङग गर्नेे निर्णय गरेसँगै सामुदायिक विद्यालय व्यवस्थापन संघ विपक्षमा उभिएको छ  । महानगरले  हालको समिति भङग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेसँगै सो निर्णयको विरोध भएको हो । महानगरले एकलौटी ढङगले निर्णय गर्नु निरङकुस शैली भएको सामुदायिक व्यवस्थापन समिति महासंघको बुझाइ छ । महानगरको कदम विद्यालय, अभिभावक र सामुदायको हातबाट खोस्ने किसिमको भन्दै खारेज गर्नुपर्ने उनीहरुको माग छ । 

काठमाडौं महानगरले भने शिक्षा क्षेत्रमा देखिएका बेथितिहरु निर्मुल पार्न उक्त निर्णय गरेको जनाएको छ । सामुदायिक विद्यालयलाई उच्च स्तरमा लैजानु महानगरको उद्देश्य रहेको महानगरको भनाई छ । महानगर मातहतका सामुदायिक विद्यालयहरुमा गठन भएका विद्यालय व्यवस्थापन समिति र शिक्षा समितीसँग समिश्रण नमिलेको समेत महानगरले बताएको छ । सबै विद्यालयमा बराबरी हिसावले बजेट पठाउने भएकाले त्यसको कार्यान्वयनका लागि कार्यपालिका सदस्यलाई जिम्मा दिनु उपयुक्त हुने महानगरको भनाइ छ । 

काठमाडौं महानगरमा सरकारी विद्यालयको तुलनामा निजी विद्यालयको संख्या अत्याधिक रहेको छ । महानगर भित्र ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय गरी ८९ वटा सामुदायिक विद्यालय छन् भने ५ सय ४ वटा निजी विद्यालय सञ्चालित छन् । नयाँ व्यवस्था अनुसार व्यवस्थापन समिति गठन भएको अवस्थामा एकै वडा अध्यक्षले थुप्रै विद्यालयको व्यवस्थापन समिति सम्हाल्नुपर्ने देखिएको छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *