समाज

डिशहोमले सार्वजनिक गर्‍यो नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड

डिशहोमले सार्वजनिक गर्‍यो नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड

काठमाडौं । डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । 

जसले एक्टिभ डिशहोम ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्नेछ।  प्रिभिलेज कार्डले सक्रिय ग्राहकहरूलाई होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्म छुट दिनेछ।

यो कार्ड ‘माई डिसहोम’ मोबाइल एपमार्फत उपलब्ध छ, जसलाई प्रयोग गरी ग्राहकहरूले नेपालभरका विभिन्न ब्रान्ड तथा आउटलेटहरूमा छुट प्राप्त गर्न सक्नेछन्। शुरुआती चरणमा १० ब्रान्डका ३५ आउटलेट कार्ड नेटवर्कमा समावेश छन् ।

डिसहोमका सीईओ तारा मानन्धरका अनुसार, यो सेवा इन्टरनेट र टेलिभिजनबाहेक ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

डिसहोमले आगामी महिनामा १०० भन्दा बढी ब्रान्ड र आउटलेटसम्म सेवा विस्तार गर्ने योजना बनाएको छ । यस अन्तर्गत थप अफर र श्रेणी समावेश गरिनेछन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *