Siddarth bankविज्ञापन
समाज

सीमा र विमानस्थलमा निगरानी बढाइने सुरक्षा समितिको निर्णय

max-tigerविज्ञापन
सीमा र विमानस्थलमा निगरानी बढाइने सुरक्षा समितिको निर्णय

काठमाडौं । भारत–पाकिस्तानबीच बढ्दो तनाबलाई ध्यानमा राख्दै केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी कडा बनाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयमा बसेको बैठकमा भारत–पाकिस्तानमा सिर्जना भएको तनाबले नेपालमा पार्न सक्ने असरबारे विश्लेषण गरिएको थियो भने भारत र पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे पनि छलफल भएको छ । उनीहरूको अवस्था बुझ्न कुटनीतिक माध्यमबाट पहल गर्ने निर्णय पनि गरिएको हो ।

गृहमन्त्री रमेश लेखक, नेपाल सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता रहेको बैठकले मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय समेत छ ।

यसअघि नै सशस्त्र प्रहरीले सीमामा सतर्कता बढाइसकेको छ । बलले भारतीय समकक्ष एसएसबीसँग संयुक्त गस्ती र सूचना आदान–प्रदानलाई तिव्र बनाएको जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *