समाज

ठूलो संरचनात्मक क्रमभंगता नगरे देशलाई संकटबाट बचाउन सकिँदैनः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

ठूलो संरचनात्मक क्रमभंगता नगरे देशलाई संकटबाट बचाउन सकिँदैनः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश ठूलो संकटतर्फ धकेलिरहेको भन्दै संरचना सहितको क्रमभंगता नगरे संकट रोक्न नसकिने बताएका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै श्रेष्ठले संकटबाट बचाउन सबै राजनीतिक दलका नेताहरुले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । श्रेष्ठले देशलाई अग्रगामी निकास दिने कुनैपनि विषय विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा नपरेको आरोप लगाए । उनले देशलाई समृद्धिको दिशामा लैजान क्रमभंग हुने गरी कुनै विषय नसमेटिएको भन्दै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता यथास्थितिवादको निरन्तरता भएको दाबी गरे ।  

उपाध्यक्ष श्रेष्ठले वर्तमान शासन प्रणाली दलाल र भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने खालको भएको बताए । भ्रष्टाचारमा नियन्त्रण र भ्रष्टाचारीलाई कारबाही गर्न वर्तमान सरकारले नसकेको  श्रेष्ठको भनाइ छ ।  अहिलेको निर्वाचन प्रणाली महँगो र भ्रष्टिकृत भएकाले निर्वाचन प्रणाली फेरेर  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने बताए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *