समाज

नेपालमा वायु प्रदूषणको अवस्था चिन्ताजनक, आयुमा सबैभन्दा बढी असर

नेपालमा वायु प्रदूषणको अवस्था चिन्ताजनक, आयुमा सबैभन्दा बढी असर

काठमाडौं । नेपालमा वायु प्रदूषणको अवस्था चिन्ताजनक रहेको एक अध्ययनले देखाएको छ । 

वायु गुणस्तर जीवन सुचकांकले नेपालीहरूको आयुमा सबैभन्दा बढी असर पुग्ने अनुसन्धानबाट पत्ता लागेको हो । नेपालमा पीएम २.५ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार ५ माइक्रोग्राम प्रति क्यूविकमिटर कार्यान्वयन गरेमा औसत नेपाली नागरिकको आयु ३ दशमलव ३ वर्ष बढ्न सक्छ । 

वायु गुणस्तरको अवस्था हेर्दा नेपालका सबैभन्दा प्रदूषित मधेश प्रदेश रहेको देखिएको छ । जसका कारण मधेश प्रदेशका मानिसको औसत आयू ५ दशमलव २ वर्षभन्दा बढी घट्न सक्नेछ । अहिलको प्रदुषणको कणहरुले नेपालीको औसत आयु ३ दशमलव ३ वर्ष घट्ने अध्ययनले देखाएको छ । 

जबकी सूर्तिजन्य पदार्थको प्रयोगले एक दशमलव ९ वर्ष र खानपानसम्बन्धी जोखिमहरूले एक दशमलव ३ वर्ष घटाउँछ । नेपालीले डब्लुएचओको मापदण्डभन्दा बढी प्रदूषीत स्वास फेर्न बाध्य छन् । कोशी प्रदेश, दोस्रो प्रदूषित प्रदेशमा पर्ने देखाएको छ । 

यहाँका मानिसको औसत आयु ३ दशमलव ६ वर्ष घट्ने अध्ययनले देखाएको छ । मध्य र पूर्वी तराई क्षेत्रमा नेपालको लगभग ४० प्रतिशत जनसंख्या बसोबास गर्दछन् । यदि डब्लुएचओको मापदण्ड पूरा गरिएमा यहाँका मानिस औसत ४ दशमलव ७ वर्ष बढी बाच्ने देखिन्छ । 

सबैभन्दा बढी जनसंख्या भएको सहर काठमाडौंका बासिन्दाको औसत २ दशमलव ६ वर्ष आयु घट्ने अध्ययनले देखाएको छ । १९९८ देखि २०२३ सम्म, देशमा पीएम प्रदूषण ७४ प्रतिशतले बढेको छ, जसले मानिसको आयु थप १ दशमलव ६ वर्षले घटाएको छ । 

सन् २०२३ को वार्षिक औसत पीएम २.५ को मात्रा काठमाडौंमा ३१ दशमलव ८ माइक्रोग्राम प्रति क्यूविकमिटर थियो । बारामा ५८ दशमलव ९ माइक्रोग्राम प्रति क्यूविकमिटर, रौतहटमा ५९ दशमलव ५ माइक्रोग्राम प्रति क्यूविकमिटर र महोत्तरीमा ५९ दशमलव २ माइक्रोग्राम प्रति क्यूविकमिटर थियो । 

नेपाल सरकारले देशको बढ्दो वायु प्रदूषण संकटलाई सम्बोधन गर्नका लागि राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन कार्ययोजना विकास गर्नुपर्ने अध्ययनले औल्याएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *