समाज

तेमाल गाउँपालिकाद्वारा गाउँ छाडेका नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान

तेमाल गाउँपालिकाद्वारा गाउँ छाडेका नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान

काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाले गाउँ छाडेर काठमाडौं उपत्यकालगायत शहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ । 

गाउँपालिकाले विशेषगरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो । एकहप्ते शिविरबाट पाँच सय ९१ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख उद्धवप्रसाद पाण्डेको नेतृत्वमा सात स्थानमा शिविर सञ्चालन गरिएको थियो । कुमारीगाल शिविरबाट ६२, जोरपाटीबाट ८५, कपनबाट ५८, स्वयम्भूबाट  ७१ र कोटेश्वरबाट एक सय ५२, भक्तपुरको सूर्यविनायकबाट ९८ र काभ्रेपलाञ्चोकको बनेपामा ६५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । 

उपत्यकालगायतका शहरमा बस्ने यहाँका नागरिक अब सामाजिक सुरक्षा भत्ता लिन गाउँसम्म पुग्नुपर्ने बाध्यता हटेको पनि गाउँपालिकाले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *