समाज

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता नै रहने, लालवीरले पाएनन् मान्यता

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता नै रहने, लालवीरले पाएनन् मान्यता

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहेको निर्णय गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर आयोगमा दर्ता गरेको भए पनि आयोगले चौधरीलाई मान्यता नदिएपछि रञ्जिता नै आधिकारिक अध्यक्ष रहने भएकी हुन् । 

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठ पटक–पटक विवादमा परेपछि राष्ट्रिय भेला गरेर उनको स्थानमा चौधरीलाई अध्यक्ष तोकिएको थियो । साउन १४ र १५ गते काठमाडौंमा राष्ट्रिय भेला गरेर अध्यक्षबाट रञ्जितालाई बर्खास्त गर्ने निर्णय भएको थियो ।

भेलाको निर्णय अनुसार नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष परिवर्तन गरेको जानकारीसहित अद्यावधिकका लागि निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *