समाज

मधेशका मुख्यमन्त्री सिंहले ऋण नतिरेपछि कुमारी बैंकले निकाल्यो ३५ दिने सूचना

मधेशका मुख्यमन्त्री सिंहले ऋण नतिरेपछि कुमारी बैंकले निकाल्यो ३५ दिने सूचना

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुमारी बैंकबाट लिएको ४२ करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले ३५ दिने सूचना निकालेको छ।

सिंहले कुमारी बैंकको शाखा कार्यालय लालदरबारबाट लिएको ऋण चुक्ता नगरेपछि बैंकले ३५ दिने सूचना सार्वजनिक गरेको हो। 

ऋणको साँवा ब्याज समय समयमा चुक्ता गर्नुपर्नेमा ऋणी मुख्यमन्त्री सिंहलाई बैंकले पटकपटक ताकेता, मौखिक तथा लिखितरुपमा सूचित गर्दासमेत ऋणी कर्जा तिर्न नआएकाले सूचना निकालिएको बैंकले जनाएको छ। 

मुख्यमन्त्री सिंहको यो कदमलाई सप्तरीका बुद्धिजीवीले अर्थपूर्ण रूपमा लिएका छन् । मुख्यमन्त्री सिंहका परिवारको नाउँका सम्पत्ति बैंकले लिलाम गरेपछि कसले लिलाम सकार गर्छ , त्यो हेर्न बाँकी नै छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *