समाज

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार  गौतम बुद्ध :  प्रधानमन्त्री

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार  गौतम बुद्ध :  प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज  शुभकामना सन्देश जारी गर्दै ओलीले सो कुरा बताएका हुन् । “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बुद्ध जयन्तीले हामीलाई बुद्धको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।” ओलीले  बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गरेका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *