अन्तर्राष्ट्रिय

यमनमा शरणार्थी बोकेको डुङ्गा पल्टिँयो, ६५ जनाको मृत्यु

यमनमा शरणार्थी बोकेको डुङ्गा पल्टिँयो, ६५ जनाको मृत्यु

एजेन्सी । यमनको एब्यान प्रान्त नजिक शरणार्थी बोकेको डुङ्गा पल्टिँदा ६५ जनाभन्दा धेरैको मृत्यु भएको छ । अझै ७४ जना अफ्रिकी शरणार्थी तथा आप्रवासी हराइरहेका छन् ।

एक सय ५४ जना इथियोपियाली नागरिक चढेको डुङ्गा डुबेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जनाएको छ । १२ जनालाई जिवित उद्धार गरिएको छ । यो क्षेत्र अफ्रिका र मध्यपूर्व जोड्ने खतरनाक जलमार्गका रूपमा चिनिन्छ ।

विशेष गरी इथियोपिया र सोमालियाबाट खाडी देशतर्फ जान खोज्ने आप्रवासीहरू तस्करमार्फत यस्तो जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार २०२४ मा ६० हजार भन्दा बढी आप्रवासी यमन पुगेका थिए । जुन अघिल्लो वर्षको तुलनामा कम हो ।

पछिल्ला दुई वर्षमा मात्रै यो मार्गमा सयौंको ज्यान गइसकेको छ । अहिले यमनमा तीन लाख ८० हजार शरणार्थी तथा आप्रवासी रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *