Siddarth bankविज्ञापन
मुख्य समाचार

राष्ट्रिय सभाबाट केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

राष्ट्रिय सभाबाट केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव आज राष्ट्रियसभाले स्वीकृत गरेको हो । राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकबाट सो विधेयक सर्वसम्मतिले स्वीकृत गरिएको हो । 
सरकारले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी समस्या समाधानका लागि यो विधेयक अघि बढाएको हो । बैठकमा बिधेयकबारे धारणा राख्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले पीडकहरुलाई अनुचित लेनदेन गर्ने पीडकलाई कानूनी दायरामा ल्याउने काम गर्न विधेयकले गर्ने दाबी गरे ।
अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित उक्त विधेयक ल्याइएको हो । राष्ट्रिय सभाबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ । अब यो विधेयक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन् । राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्नेछ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *