समाज

पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो

पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो

खोटाङ । सगरमाथा लोकमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ । 

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो । 

नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । सडक विभागले  एक करोड दुई लाखमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग समझौता गरेको थियो ।
 
बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने भएको छ ।

यो वैकल्पिक बाटो यात्राका निम्ति कठिन, लामो र साँघुरो छ । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *