मुख्य समाचार

विनियोजन विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित

विनियोजन विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवम् अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

बैठकले बजेटमाथि परेका खर्च कटौति लगायतका संशोधन प्रस्तावहरु अस्वीकृत गरेको छ । विनियोजन विधेयक २०८२ अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमाथि सांसदहरूले प्रस्तुत गरेको २३ वटा खर्च कटौतीका प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो ।

सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *