काठमाडौं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराउने दिवा खाजा कार्यक्रमको रकम वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । पौडेलका अनुसार त्यसका लागि १० अर्ब १९ करोड विनियोजन गरिएको छ ।
यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने अपेक्षा छ । विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिइ १ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको पनि मन्त्री पौडेलले बताए । यसबाट १३ लाख छात्रा लाभान्वित हुनेछन् ।