समाज

रवि लामिछानेमाथि अदालतले प्रतिशोध साँधेको आरोप गलत हो : प्रधानमन्त्री ओली

रवि लामिछानेमाथि अदालतले प्रतिशोध साँधेको आरोप गलत हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अदालतले प्रतिशोध साँधेको आरोप गलत भएको बताएका छन् । 

प्रतिनिधिसभामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई प्रतिशोध साँधेर थुनामा राखेको आरोप सरासर गलत हुने बताएका हुन् । एउटा व्यक्तिमाथि प्रतिशोध हो भने थुनामा रहेका अरु व्यक्तिमाथि के भएको हो त ? भन्दै प्रधानमन्त्री ओलीले प्रश्न समेत गरे । 

अर्बौं रुपैयाँ अपचलनको आरोपमा थुनामा रहेका सयौँमध्ये कुन–कुन व्यक्तिमाथि प्रतिशोध भएको हो ? कुन–कुन व्यक्तिमाथिको थुना जायज हो ? भन्ने उनको प्रश्न थियो । 
 
प्रधानमन्त्री ओलीले राजनीति र नीतिमा देखिएको अस्थिरतालाई अन्त्य गर्नको लागि अहिलेको सरकार बनेको पनि बताए । प्रधानमन्त्री ओलीले २०८४ सालसम्म यही सत्ता समीकरण कायम रहने दाबी गरे ।  सरकार ढल्छ भन्दै अस्थिरताको पक्षपोषण के को लागि भन्दै प्रश्न उनको छ । 

संसदमा उठेको विषयहरू पनि राष्ट्रिय आवश्यकताका नभएको टिप्पणी समेत प्रधानमन्त्री ओलीले गरे । सदनलाई सामाजिक सञ्जाललाई कन्टेन्ट उत्पादन गर्ने थलोका रूपमा स्थापित गर्ने दुष्प्रयास भइरहेको उनको भनाइ छ । 

हालै भूपरिवेष्ठित विकासशील राष्ट्रहरू एलएलडिसीको तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनले नेपालको अन्र्तराष्ट्रिय छवि उच्च भएको पनि प्रधानमन्त्री ओलीले बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *